नियम २२
सुत्केरी भत्ता
ऐनको दफा ३३ बमोजिमको अति विपन्न सुत्केरी महिलालाई नेपाल सरकारले तोके बमोजिम सुत्केरी भत्ता वापतको रकम उपलब्ध गराइनेछ । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “अति विपन्न सुत्केरी महिला” भन्नाले नेपाल सरकारले तोकेको आयभन्दा कम वार्षिक आय हुने महिला सम्झनु पर्छ।